साजिर मन्सूर,कलैया । बारा जिल्लाको प्रसौनी गाउपालिका स्थित वडा नम्बर २ मा रहेको श्री बेङ्गा साह माबी को सामुन्ने रहेको एलानी ५ बिघामा बन्ने भनिएको प्रसौनी बहुप्राबिधिक शिक्षालयकोकाम अहिले आएर रोकिएको छ ।

सिटिईभिटीको आङ्गिक शिक्षालयको रुपमा बारामै प्राबिधिक शिक्षा पाउने सुनेर खुशी भएका बारा पर्सा रौतहट का बिद्यार्थी यतिखेर शिक्षालयको काममा देखिएको ढिलासुस्तीले दुखी भएका छन । बि स २०७६/६/१० मा परिषद बाट स्थापनाका लागि निर्णय भए पनि अहिले आएर यसको काममा ढिलाई देखिएको हो ।

स्थानिय तह,बारा जिल्ला लिज सिफारिस समिती,भुमी ब्यवस्थापन तथा अभिलेख बिभाग बबरमहल बाट सिफारिस भएर भुमी सुधार मन्त्रालयमा फाईल गैसकेको र त्यहाबाट बिभागिय मन्त्रालय अर्थात शिक्षा मन्त्रालय को सहमति पत्र आवस्यक रहेको र त्यही सिफारिस नभएर मन्त्री परिषदको निर्णयार्थ क्याबिनेट मा फाईल नगएकाले डिपिआर लगायतका अन्य सबै काम रोकिएको प्रसौनी गाउपालिकाको अध्यक्ष भोला गुप्ताले बताएका छन ।

गुप्ताले आफू कयौं पटक मन्त्रालयमा धाउदा पनि मन्त्रालयका कर्मचारी कानमा तेल हालेर बसेको मा दुख लागेको बताए । देशकै मुख्य प्रवेश द्वार तथा औधोगिक नगरी को नजिकमा बन्न लागेको बहुप्राबिधिक शिक्षालय अहिले आएर शिक्षा मन्त्रालयको आलटालले रोकिएकोले बारा पर्साका समस्त शिक्षा बिद र शिक्षा प्रेमी तथा अबिभावक र बिद्यार्थी दुखित र आक्रोशित भएको बुझिएको गाउपालिका अध्यक्ष गुप्ताले बताएका छन ।

यता गाउपालिका उपाध्यक्ष गिता साहले बहुप्राबिधिक शिक्षालय बनेपछी यस भेगका छात्राहरु समेत प्राबिधिक धार तर्फ आकर्षित हुने भएपनी मन्त्रालयको ढिलाईले उनिहरुको सपना चकनाचुर हुनेमा आफू ससन्कित भएको बताईन । साहले यथाशीघ्र मन्त्रालयले आवस्यक पहल गरेर फाईल अगाडी बढाउनु पर्ने बताईउदै छात्राहरुको भविस्य सङ्ग खेलवाड नगर्न मन्त्रालयलाई आग्रह गरिन ।

ईलेक्ट्रीकल ओभरसियरको दोश्रो ब्याच सन्चालनमा रहेको । दुबै ब्याच गरि ६८ जना बिद्यार्थी रहेको शिक्षालय प्रमुख शुफी अन्सारिले जनाएका छन । यश शिक्षालयमा डिप्लोमा इन ईलेक्ट्रीकल इन्जिनियरिङ,डिप्लोमा ईन्म्याकेनिकल ईन्जिनियरिङ,डिप्लोमा ईन अटो मेकानिकल ईन्जिनियरिङ र ईलेक्ट्रीकल एन्ड एलेक्ट्रोनिक्स ईन्जिनियरिङ गरि चार प्रकारका प्राबिधिक कार्यक्रम स्वीकृति रहे पनि शिक्षालयको आफ्नै आवस्यक भौतिक पुर्वाधार नभएकाले सबै कार्यक्रम सन्चालङर्न नसकिएको शिक्षालय प्रमुख अन्सारिले बताएका छन ।

अन्सारिले प्रसौनी गाउपालिकाले उपलब्ध गराएको १२ वटा कक्षा सहितको भवनमा हाल डिप्लोमा ईन ईलेक्ट्रीकल ईन्जिनियरिङ कक्षा मात्र सन्चालन भैरहेको जनाएका छन । अन्सारिले देशकै प्रमुख औधोगिक नगरी र मधेस प्रदेशको एक मात्र महानगर बिरगंज महानगरपालिका सङ्ग जोडिएको यश शिक्षालायको बिकासले महानगरमा देखिएको अटो मोबाईल ईन्जिनियरिङको धेरै सम्भावना रहेकाले यहाका सम्पुर्ण राजनितीक दल र दलका नेताले यस शिक्षालयको द्रुत निर्माणका लागि युद्धस्तरमा आ आफ्नो स्तरबाट सहयोग र आवस्यक पहल गर्नुपर्ने बताए ।

यस बारे सिटिईभिटीका प्रशासकिय डाईरेक्टर देबेश चन्द्र देवकोटा सङ्ग थप बुझ्न खोज्दा फोन नलागेको र शिक्षा मन्त्रालयमा समेत फोन उठेन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर