कलैया । कलैया सिटी जेसिज द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलैया स्थित भरत चौकमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

कोरोना महामारीको बेला नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र विरगन्जमा आवश्यक रगत अभाब भएको जानकारी आएपछी रगत अभाब हुन नदिन रक्तदान कार्यक्रम संचालन गरिएको कलैया सिटी जेसिज का अध्यक्ष सन्दीप बरैले जानकारी दिएका छन् ।

कलैया सिटी जेसिज का अध्यक्ष सन्दीप बरैको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादवको प्रमुख अतिथीमा उद्घाटन भएको हो । उक्त रक्तदान कार्यक्रममा उप-प्रमुख रहिमा खातुन , वर्ष २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ता,सहित जेसिज का पदाधिकारी र रक्तसन्चार केन्द्र का प्रतिनिधिको उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर