
कलैया । धरानबाट काठमाडौं जादै गरेको ना.७ ख ३२५५ नम्बरको बस बाट लागु औषध सहित सप्तरीका १ जना लाई प्रहरीले पक्राउ छ ।
काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध सहित सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–७ घर भएका ४६ वर्षीय शिव चरण दास लाई पक्राउ गरेको हो । दासको साथबाट प्रहरीले ३४० एम्पुल डाइजेपाम, सोही परिमाणको नुर्फिन र फेनारगन बरामद गरेको छ ।
उनलाई लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा थानकोट प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।