कलैया । बाराको आदर्शकोतवाल गाउँपालिकामा बिहेको रथले दुर्घटनामा परी मृत्यु भएका तथा घाइते परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले आर्थिक सहयोग गरेका छन् ।

माघ १० गते लछु महराका छोरा सञ्जय महराको बिहेमा प्रयोग भएको रथ अनियन्त्रित हुँदा घाइते भएका १६ जना र मृतक २ जनाको परिवारलाई सोनलले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

घाइतेहरुलाई उपचारमा समस्या भइरहेकाले पार्टीको तर्फबाट पूर्व मन्त्रीसमेत रहेका नेता सोनलले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । घटनाका कारण पुरै दलित बस्ती शोकमा छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त घटनाबारे अझै चासो नलिनु दुःखद कुरा भएकोे सोनलले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर