कलैया । महोत्तरीमा सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ स्थित गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सम्सी गाउँपालिका वडा नम्बर ४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भयो । सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नम्बरको पिकअपले विपरीत दिशाबाट साइकलमा आउँदै गरेका वीरेन्द्रलाई ठक्कर दिएको थियो । पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर