काठमाडौं । जनक शिक्षा सामग्री संस्थानले ६ हजार ७ सय ४३ वडाका करिब २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले ६ हजार ७ सय ४३ मतपत्र छपाइ गर्न पत्राचार गरेलगत्तै जनकशिक्षाले सो तयारी गरेको हो ।

निर्वाचन आयोगले मंगलबार करिब दुई साताभित्र सबै मतपत्र छपाइ सक्ने गरी मतपत्र छपाइ, व्यवस्थापन र मेसिनको अवस्थाबारे समेत तयारी गर्न केन्द्रलाई पत्राचार गरेको थियो । सोही आधारमा संस्थानले छपाइको गृहकार्य शुरू गरेको हो ।

केन्द्रका प्रशासन विभाग प्रमुख एवं प्रवक्ता चित्रकुमार आचार्यले पहिलो चरणको काम शुरू भएको जानकारी दिँदै भने–‘आयोगको पत्र प्राप्त भएलगत्तै मंगलबार नै बैठक बसेर हामी तयारी अवस्थामा रहेको पत्र आयोगलाई पठाएका छौं । हामीले पहिलो चरणको छलफल सकाएका छौं, आवश्यकताको आधारमा पुनः बैठक बसेर थप निर्णय गर्नेछौं ।’

उनका अनुसार संस्थानले मतपत्र छपाइका लागि कार्ययोजना तयार गरी पठाइसकेको छ । उनले संस्थानसँग ९ वटा छपाइ मेसिन तयारी हालतमा रहेको र पाठ्यपुस्तक छपाइ गरेलगत्तै सबै मेसिन मतपत्र छपाइ गर्न प्रयोग गरिने बताए ।

संस्थानले मतपत्र छपाइ गर्ने अन्तिम तयारी गरेपछि आयोगका अधिकारी केन्द्रको सानोठिमीस्थित मुख्यालय भ्रमण गर्ने भएका छन् । आयोगले मतपत्र छपाइको विषयमा गुणस्तर तथा नापतौल विभाग र मुद्रण विभागसँग पनि छलफल गर्ने भएको छ ।

केन्द्रका महाप्रबन्धक अनिलकुमार झाका अनुसार तोकिएकै समयमा सबै मतपत्र छपाइ गर्न सक्ने र आयोगले अन्तिम नामावली सार्वजनिक गरेपछि मात्रै मतपत्रको संख्या यकिन हुने छ । नेपाल समाचारपत्र दैनिक बाट

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर