
कलैया । जिल्ला समन्वय समिति बाराको व्यापारिक भवनको शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति बाराको सभापति नवलकिशोर सिंह र उप सभापति पवन व्याहुतद्वारा विधिवत रुपमा पुजा पाठ गरी शनिवार शिलान्यास गर्नु भएको हो । शिलान्यास गर्दै सभापति सिंहले व्यापारिक भवनको निर्माण भएसँगै बाराको व्यापारीहरुलाई सहज हुने बताएका छन । बाराको कलैयामा रहेको बजारहरु एकिकृत नभएकाले उपभोक्ताहरुलाई असहज भईरहेको एकीकृत व्यापारिक भवनको निर्माण हुन लागेको बताएका छन् । उक्त भवन २० वटा कोठा भएको दुई तल्ले हुने छ । उक्त भवनको लागत ईष्टिमेट १ करोड २ लाख २३ हजार १ सय ७२ रुपैया ३९ पैसा भएपनि एस डी कन्ट्रक्सन जनकपुर धानले ६१ लाख ९३ हजार ३ सय १६ रुपैया २० पैसामा निर्माण गर्न स्वीकार गरेकोले शनिवार शिलान्यास गरिएको उपसभापति ब्याहुतले जानकारी दिएका छन् । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाराको निमित्त जिल्ला समन्वय अधिकारी सुनिल चौरसिया , जिल्ला समन्वय समिति बाराको सदस्यहरु चन्देश्वर प्रसाद यादव , विन्देश्वरी ठाकुर लोहार , कतैया उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जटाशंकर सहनि , लोसपा बाराको नेता जयप्रकाश साह लगायत विभिन्न नेता कार्यकर्ता सहित जिल्ला समन्वय समिति बाराको क्रमचारीहरुको उपस्तिथि रहेको थियो ।