कलैया । बारा को सदरमुकाम कलैयामा एकीकृत समाजवादीले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।

उक्त पार्टी को भातृ संगठन युवा संघ नेपाल , अखिल नेपाल महिला संघ ( समाजवादी ) सहितका भातृ संगठनले विभिन्न प्लेकार्ड सहित सदरमुकाम कलैया को परिक्रमा गर्दै प्रदर्शन गरेको हो ।

पार्टीका नेता कार्यकर्ताहरुले राष्टघाटी एमसीसी खारेज गरौं , एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं लगायतका प्लेकार्ड सहित नारा लगाएका थिए ।

पर्दर्शनमा सहभागी एकीकृत समाजवादीका नेता ध्रुव यादवले कुनै पनि हालतमा एमसीसी पास हुनु हुँदैन बताएका थिए । उनले एमसीसी अनुमोदन गरे राष्ट्रघात हुने भन्दै सम्झौता खारेज गर्नुपर्ने बताएका हुन । उक्त पार्टीले आज देशभर एमसिसी को बिरोध प्रदर्शन गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार