कलैया । पचरौता नगरपालिका द्वारा संचालन हुन लागेको नगर अस्पताल को उद्घाटन गरिएको छ ।

पचरौता नगरपालिकाकाे वाडा नम्बर ४ बेल्दारीमा नगर प्रमुख रमेश कुमार यादवले नगर अस्पतालको उद्घाटन गर्नु भएको हो । नगरपालिका द्वारा संचालित नगर अस्पतालमा तत्कालका लागि फार्मेसी, गर्भवती जाँच सेवा, भिडियाे एक्सरे , डिजिटल एक्सरे , ओपिडि सेवा , नेबुलाइजर र २४ औ घन्टा एमबुलेन्स लगायतको सेवा प्रवाह गरिने नगर प्रमुख यादवले जानकारी दिएका छन् । अस्पतालमा २५ रुपियाँमा चिकित्सक संग पचरौताको नागरिकलाई उपचार गराउने तथा परामर्श समेत दिने ब्यवस्थापन गराएकाे उनले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले स्थानिय तहको चुनावमा जनता संग गरेकाे वाचा अनुसार नै स्वास्थ्य र शिक्षामा महत्त्वपूर्ण ध्यान दिदै आफू लागि परेको बताए । उद्घाटन कार्यक्रममा जग्गा दाता रामजति यादवलाई खादा ओढाइ समानित गररिएको थियोे । कार्यक्रमको अध्यक्षता वाडा अध्यक्ष कन्हैया प्रसाद यादवको थियोे भने प्रमुख अतिथि नगर प्रमुख रमेशकुमार यादव रहेको थियो ।

उक्त उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव, विभिन्न वडा का वडा अध्यक्षहरु , जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव , अस्पतालको प्रसासन प्रमुख रमलेस यादव लगायत स्थानीय को उपस्थिति रहेकोे थियो । कार्यक्रम सन्चालन अखिलेस यादवले गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर