काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठक केही बेरमा बस्ने भएको छ । सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने विषयमा पनि छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर