कलैया । बाराको महागढीमाई नगरपालिकाले आफ्नो स्थानीय तहमा रहेका मृगौला पीडित लाई आर्थिक सहयोग गरेको छ ।

नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आज आफ्नै कार्यकक्षमा मृगौला पीडित सोही स्थानीय तहका शिक्षक समेत रहेका महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने ३५ बर्षिय श्रीनिवास प्रसाद साह लाई आर्थिक सहयोग गरेका हुन । नगर प्रमुख यादवले उनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।

उनको दुबै मृगौला काम नगरेको र उपचारमा समेत आर्थिक अवस्था नाजुक रहेकोले सकस भएको भन्दै सहयोग गरेको नगर प्रमुख यादवले बिश्वास एफ एम लाई बताउनु भयो । ६ महिना देखि दुवै मृगौलाले काम गर्न छोडेको र उपचारको क्रममा भएभरको सम्पत्ति समेत बिक्री गरिएको आवस्थामा पनि सम्भव नभएको परिवारजनले जानकारी दिएको छ । परिवारजनले आर्थिक सहयोगको अपिल समेत गरेको छ ।

यता महागढीमाई फाउन्डेसन नेपाल र महागढीमाई लायन्स कल्बका अभियन्ताहरुले केही दिन देखि शिक्षक साहको सहयोगको लागि रकम संकलन गर्दै आएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर