
साजिर मन्सूर, कलैया । नेशनल प्याब्सन बारा जिल्ला कार्य समितिले आफ्नो २० औ साधारणसभा निजगढ नगरपालिका को गणेशमान सिंह पार्क मोहरीमा सम्पन्न गरेको छ । उपस्थितहरुले साधारणसभा को सफलताको कामना सहित आउने नया कार्यसमितिको चयन सर्वसम्मतिले चयनका लागि सुभकामना दिएका थिए । तराईका सामुदायिक बिधालयका अधिकान्स शिक्षकहरु टिफिन पश्चात् आ आफ्नो काममा निस्किने गर्नाले सामुदायिक बिधालयको शैक्षिक स्तर घटेर गएको एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारीले बताए । अधिकारीले सुतिरहेको राज्यले निजि बिधालयको शैक्षिक प्रगति देखेर मात्र ब्युझेको र यो हाम्रो निजि बिधालयहरुको लागि गौरवको कुरा भएको बताए । कार्यक्रममा बोल्दै पुर्व केन्द्रिय सचिव चन्द्रीका गुप्ताले बिधालय सन्चालकहरुले एन प्याबसन बाराको कार्यक्रमहरुमा बिधालयका महिला शिक्षकहरुको उपस्थिति हुनुपर्ने बताएका छन । गुप्ताले हामिले केवल पैसा कमाउन लाई मात्र बोर्डिङ नखोलेको बताए । साना उधोगहरुले ४ देखि ५ लाख मात्र लगानी गरेर ब्यवसाय गरेको तर बिधालयहरुले करोडौं लगानी गरेर शिक्षा दिन खोज्दा दुस्प्रचार मात्र गरेको बताए । धेरै निजि बिधालयका सन्चालकहरु आफ्नो सर्वस्व बेचेर वा बन्धक राखेर बिधालय चलाएको कसैले नदेख्ने यो समाजमा धेरैले समयमा बैंकको ब्याज तिर्न नसकेर आत्म हत्या समेत गरेको बताए । हामिले प्राईबेट बाट दर्ता भएपछी पब्लिक प्राईभेट कन्सेप्टले भएपनी एन प्याब्सनलाई बचाएर राख्ने बताए ।
काठमाडौ का निजि बिधालय ले कर र ट्याक्स बचाउन मात्र बिधालय सन्चालन गरेको तर तराई मधेसका निजि बिधालय समग्र जनताको शिक्षा सुधार गर्न चलाएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले बताए । कुश्वाहाले कोरोना कालमा पनि अन्य जिल्लामा निजि बिधालय बन्द भएको तर बारामा कुनै बिधालय बन्द गर्न आफुहरुले नदिएको बताए । नेपालमा कास्की जिल्ला पछाडि बारा जिल्लाले एन प्याबसनको आफ्नै भवन बनाएको गर्बिलो ईतिहास बनाएको अध्यक्ष कुश्वाहाले बताए । कुश्वाहाले फेरि आफुलाई सबैले सर्व सम्मत एक पल्ट अध्यक्ष को जिम्मेवारी दिन आग्रह गरे ।
जिल्ला अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाको अध्यक्षता एवम एन प्याब्सनका मधेस प्रदेश अध्यक्ष जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रिय सचिव नारायण शर्मा,केन्द्रिय सदस्य अलिमहमद अन्सारी,मधेस प्रदेश कोषाध्यक्ष के एस फिग्सन,जितेन्द्र प्रसाद यादब,राजकिशोर साह,कृष्ण साह,सन्तु जयसवाल,एन प्याब्सन बाराका उपाध्यक्ष द्वय बिनोद मणी महतो र सुमोध सरार्फ,सदस्यहरु रामायण पण्डित,सल्लाहकार रामबाबु कुश्वाहा,सरोज चन्द्र कार्की,ध्रुब सहनी,ललन यादब,उपेन्द्र कुश्वाहा,लगायतका एन प्याबसनका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस अघि कलैयामा कार्य समितिको बैठक बसि अधिवेशनको मिति स्थान सार्वजनिक गरेको थियो । ७ औ जिल्ला अधिवेशन मिति २०७९/फाल्गुन/१३ र १४ गते कलैया स्थित आफ्नै नव निर्मित भवनमा गर्ने जिल्ला उपाध्यक्ष सुमोध सरार्फले जनाएका छन।
यता अधिवेशनबाट सर्व सम्मत अध्यक्ष बनाउन पनि साधारणसभामा छलफल गरिएको छ। बर्तमान अध्यक्ष कुश्वाहाले सर्वसम्मत आफुलाई सहमतीबाट अध्यक्ष नबनाईए आफू चुनावमा सहभागी नहुने यस अगाडि देखि नै बताउदै आएका छन । तर बरिस्ठ उपाध्यक्ष सरार्फलाई अब नेतृत्व दिनुपर्ने कुरा पनि उठिरहेको श्रोतले जनाएको छ।
साधारणसभामा संगठन प्रतिबेदन अध्यक्ष कुश्वाहाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुनदेव चौधरीले प्रस्तुत गरेका थिए । साङ्गठनिक प्रतिबेदन सर्वसम्मतिले पास भएको केन्द्रिय सदस्य अलि महमद अन्सारीले बताएका छन साथै आर्थिक प्रतिबेदन पुन स्पष्ट गरि अधिवेशनमा सार्वजनिक गर्न कोषाध्यक्षलाई भनिएको हो।
एन प्याबसन बाराको सह सचिव वसन्त घिमिरेले सन्चालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम ब्यवस्थापक नारायण शर्माले गरेका थिए ।