कलैया । नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज आइतवार ओमानकाे अल अमिरात मैदानमा क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएकाे हाे ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले २७ रनको योगदान गरे । कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए ।३.६ ओभरमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएपछि आएका कुशल मल्लले रनको खाता नखोली आउट भए ।

बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नजरले १/१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा अटआउट हुँदै ८० रनमा सीमित भएको थियो । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर