कलैया । बारामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति सात\आठ जनाको समूहमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भएको र उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा ल्याइएको थियो । उनको उपचारको क्रममा राति १ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बताए । शवलाई प्रदेशिक अस्पताल कलैयामा राखिएको छ ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर