
कलैया । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन फागुन २१ गते हुने भएको छ । लामो समय देखि स्थगित हुँदै आएको जिल्ला अधिवेशन अब आएर २१ गते हुने भएको छ ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशनको लागि फागुन १८ गते नामावली प्रकाशन , १९ गते उम्मेदवारी दर्ता र सोही दिन दाबी बिरोध तथा २१ गते निर्वाचन हुने निर्वाचन अधिकृत राजन ढहालले बिश्वास एफ एम लाई जानकारी दिएका छन् । उनले बिश्वास एफ एम संग को कुराकानी मा निर्वाचन बिहान ८ देखि बेलुका ५ बजे सम्म हुने जानकारी दिएका छन् ।
यता जिल्ला सभापति को लागि कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, रामानन्द यादव र शम्भु बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् । ऊनीहरु बीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । हाल तिनै जना उम्मेदवार भोट माग्न जिल्ला दौडमा छन् ।
काङ्ग्रेस को १४ औं महाधिवेशन मा सह-महामन्त्री भएका फरमुल्लाह मन्सुर र अर्का सह-महामन्त्री उमकान्त चौधरी बेग्लाबेग्लै उम्मेदवार लाई जिताउने दाउ मा छन् । यद्यपि राजेश राय यादवको पक्षमा शोभाकर पराजुली, लगायतका नेताहरु छन् । जिल्ला सभापतीका उम्मेदवार शम्भु बुढाथोकीको पक्षमा सहमहामन्त्री मन्सुर रहेका छन् भने अर्का उम्मेदवार रामानन्द यादवलाई जिताउन सहमहामन्त्री चौधरी लागिपरेका छन् ।