साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २३ को बैराठपुर टोलमा रहेको बिवादित अवरुद्ध बाटो लाई बनाउन आज सहमती जुटे सङ्गै बाटो बिस्तार गरिएको छ ।

स्थानिय बिरेन्द्र पटेलको घर देखि चलितर राउतको घर सम्म बाटो नबन्दा समस्त गाउबासिलाई नै सास्ती भैइरहेकोले यश अगाडी सर्वपक्षीय बैठक गरि अवरुद्ध बाटो सङ्ग जुटेको जग्गाधनिहरुको सहमतिमा निकास दिने र बाटो बनाउने गरि सहमति भए अनुसार दुबै तिर को गरि ३० फिट बाटो बिस्तारका लागि आज जग्गा छुट्याएर समस्या समाधान भएको समिति सदस्य एवम समाजसेवी अनिल पटेलले जानकारी गराएका छन ।

दुई दिन पहिला स्थलगत रुपमा नै वडा अध्यक्ष बिक्रम साहको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकबाट सरोकार वालाहरुले मिलेर सहमती गरेको थियो । बैठकले सोही दिन ५ सदस्यीय बिबाद समाधान समिती समेत चयन गरेको थियो । गठित समितिको सदस्यहरुमा योगेन्द्र राउत कुर्मी,रामप्रसाद पटेल,प्रमोद साह कानु,सरोज पटेल र अनिल पटेल रहेका छन । साथै सर्वपक्षीय बैठकको रोहबरमा बिवादित बाटोको दुबै साईडका जग्गाधनिले गठित समितिको निर्णय मान्ने सहमती गरेका थिए।

उक्त सर्वपक्षीय बैठकमा प्रदेश सान्सद पारस,जसपा कलैया नगर अध्यक्ष युवा नेता शिवनाथ पटेल,समाजसेवी भुपेन्द्र नेपाली सहित जग्गा धनिहरु चलितर राउत कुर्मी,हरिनारायण सिंह,ध्यानबहादुर राउत कुर्मी,मनोज ठाकुर,सहिन्द्र राउत,भोला पटेल,रामनाथ राउत,बिरेन्द्र कुर्मी,विशाल पटेल र सुखाडी ठाकुर सङ्गै स्थानियहरु राधा शर्मा,दिपु पटेल,बाला ठाकुर,शिव कुमार गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर