कलैया । नेपाली कांग्रेस १४औँ अधिवेशन अन्तर्गत बारा जिल्ला नेतृत्वका लागि आज शनिवार केही बेरमा मतदान सुरु हुँदैछ ।

अधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा पक्षका शम्भु बहादुर बुढाथोकी तथा राजेशराय यादव र कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् ।

काँग्रेस बारामा कुल २ हजार ४ सय ८० मतदाता रहेको छ भने  ७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् ।

मतदान भने आज कलैया उपमहानगरपालिका वडा नम्बर १ शिदेश्वर संस्कृत माध्यमिक बिधालय मा बिहान ८ बजे देखि ५ बजे सम्म हुने निर्वाचन अधिकृत उप्रेतीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् । मतगणना आजै मतदान सकिए लगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर