साजिर मन्सुर ,कलैया । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र कलैया बाराको आयोजनामा आज एक दिने निशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ सिबिर सम्पन्न भएको छ ।

सुवर्ण गाउपालिकाको श्री नेरा माबी कवही जगात बारा प्राङ्गणमा भएको सिबिरमा २५७ पुरुष र १७६ जना महिला गरि स्थानिय ४ सय ३३ जनाले चेक जाँच गरेका छन । शिबिरमा डा. पुनिता केशरी समाजिक बिकास मन्त्रालयका डाक्टर सुचित कुमार शर्मा डाक्टर रबिन्द्र प्रसाद यादव डाक्टर प्रभाकर मनु लगायतकाले स्वास्थ्य चेक जाँच गरेका बरिस्ठ कबिराज निरीक्षक सहदेव पन्डितले जनाएका छन । ल्याब जाँच,स्नेहन/स्वेदन सहित निशुल्क औषधि बितरण समेत गरिएको पन्डितले जनाएका छन ।

जिल्ला आयुर्वेद कार्यालय कलैया बाराको प्रमुख डाक्टर पुनिता केशरिको अध्यक्षता एवम प्रमुख अतिथि प्रदेश सान्सद बच्चा प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी गाउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव,वडा अध्यक्ष रन्जित प्रसाद यादव सहित स्थानिय जनताको उपस्थिति रहेको थियो ।

बरिस्ठ कबिराज निरीक्षक सहदेव पन्डितले सन्चालन गरेको कार्यक्रममा बैध निरीक्षक राजसुन्दर साहले स्वागत गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर