कलैया । नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको अधिवेशन को लागि निर्वाचन फागुन २५ गते हुने भएको छ । शनिबार भइरहेको निर्वाचनमा आन्तरिक ब्यवस्थापनको कमजोरीका कारण मतदान स्थगित भएको थियो ।

स्थगित पश्चात् आज बसेको सर्वदलीय बैठक र निर्वाचन समितिको बैठकले फागुन २५ गते निर्वाचन गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् । मतदान २५ गते कलैया स्थित तीन चन्द्र माध्यमिक बिधालयमा बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म हुने उनले बताए ।

अधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा पक्षका शम्भु बहादुर बुढाथोकी तथा राजेशराय यादव र कोईराला पक्षबाट रामानन्द यादव प्रतिस्पर्धामा छन् । काँग्रेस बारामा कुल २ हजार ४ सय ८१ मतदाता रहेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर