
साजिर मन्सूर,कलैया । ११२ औ अन्तरास्ट्रिय नारी दिवसका अवसरमा कलैया बजारमा र्याली निकालिएको छ । र्याली नगर परिक्रमा सहित महिलाहरुको हल अधिकारका निमित सरकारलाई विभिन्न माग सहित ज्ञापनपत्रसमेत बुझाएको आयोजक ग्रामीण गरिबी निवारण केन्द्र कलैयाका अध्यक्ष सुनिल पटेलले बताएका छन ।
पटेलले मास्क सङ्गै सहित निस्केको १ सय महिलाहरुको र्यालिले महिला विभेद अन्त्य गर,महिला पुरुष बराबर,कागजमा मात्र हैन ब्यवहार मा हाम्रो उपस्थिति कायम गर लगायतका नारा सहित र्याली निकालेको जनाए ।
संस्थाले बारामा निरन्तर समाजिक सेवामा काम गर्दै आएको छ। र्यालिमा आयोजक संस्था सहित ग्रामीण उत्थान अभियान कलैया ,कलैया ज्ञान बाटिका एकेडेमी प्राली बारा,साक्षर सामुदायिक सिकाई केन्द्र कलैया,श्री महागढिमाई सिकाई केन्द्र कलैया लगायतको संस्थाहरुले र्यालीमा सहभागी भएको महागढिमाई सासिके का अध्यक्ष प्रकाश चौरसियाले जनाए ।