वीरगञ्ज । प्रधानमन्त्री शेर बहादुर देउवा आज वीरगञ्ज आएका छन । केही बेर अघि हेलिकप्टर मार्फत उनी वीरगञ्ज आएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न देउवा वीरगञ्ज आएका हुन । त्यस्तै प्रधानमन्त्री देउवा वीरगञ्जस्थित लर्डस् दियालोमा कार्यकता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रममा पनि सहभागी हुने छन् ।
कार्यकर्ता भेटघाट कार्यक्रम सकिएपछि २ बजे नगर सभा गृहमा महाधिवेशन उद्घाटन गरेर ३ बजे हेलिकप्टरमार्फत फर्किने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले बताए ।







