कलैया । बाराको एक बिधालयले शिक्षा सम्बन्धि बाहेकका कुनै पनि कार्यक्रम गर्न नपाउने गरि निषेध गरेको छ । प्रसौनी गाउँपालिकामा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयले राजनीतिक दल, सरकारी र गैर सरकारी संघ संस्थाहरुलाई कार्यक्रम गर्नबाट निषेध लगाएको हो ।
विद्यालयका प्रधानाध्यापक मनोजकुमार साहले एक सूचना जारी गर्दै आगामी दिनमा कुनैपनि राजनीतिक दल सरकारी र गैर सरकारी संघ संस्थालाई विद्यालयमा कार्यक्रम गर्न नमिल्ने जनाएका छन् । विभिन्न राजनीतिका कार्यक्रमका कारण विद्यार्थीहरुको पठनपाठनमा अवरोध भएको भन्दै विद्यालयले यस्तो निर्णय गरेको उनले बताए ।