युनिक यादव,कलैया । नेपाली काङ्ग्रेस को १४ औँ महाधिवेशन अन्तर्गत भोलि दोस्रो चरणको सभापति को निर्वाचन हुन गैरहेको छ । भोलि हुने निर्वाचन मा राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बीच प्रतिस्पर्धा हुने छ ।

भोलि हुने निर्वाचन मा पहिलो चरणबाट बाहिरिएका रामानन्द यादव को समर्थन राजेश राय यादव लाई पाएको छ । दुई दिन को विभिन्न चरण को बैठक ले आज केही बेर अघि अन्तिम घोषणा गर्दै रामानन्द यादव ले पत्रकार सम्मेलन गर्दै आफुहरुको समर्थन राजेश राय यादव लाई रहने जनाएका छन् ।

केही बेर अघि मात्रै कलैया को करण राज पार्टी प्यालेसमा समर्थन दिने घोषणा भएको छ । यो संगै अब भोलि हुने सभापति को निर्वाचन मा राजेश राय यादव को जित निश्चित देखिएको छ ।

नेपाली काङ्ग्रेस का सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरी,लालबाबु सिंह,रामानन्द यादव,मुकेश कुश्वाहा,राजेन्द्र यादव,राम अवध यादव,रामप्रसाद चौधरी सम्मिलित समितीको गहन छलफल पछि राजेश यादव लाई सभापतिमा सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त पत्रकार सम्मेलनमा काङ्ग्रेस मधेस प्रदेश सम्योजक रमेश रिजाल, सविधानसभा सदस्य राधेचन्द्र यादव,क्षेत्रीय सभापती रामप्रवेश यादव,लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर