वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि आज औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । अध्यक्ष ओलि बारा आउनु भन्दा अगाडि वीरगञ्ज पुगेर मेयर लाई पार्टी प्रवेश गराएका थिए । २०७४ सालको स्थानीयतहको चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । मेयर सँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी र वडा नम्बरं २५ का वडा अध्यक्ष विश्वराज राउत कुर्मी पनि एमालेमा प्रवेश गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर