वीरगञ्ज । वीरगञ्जमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । खानेपानी धाराको विषयमा मंगलबार बिहान विवाद हुँदा खुकुरी प्रहार हुदा दुई जना घाइते भएका हुन । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगर बस्ने ४५ वर्षीय राजेन्द्र पटेल र उनका २० वर्षीय छोरा विकास पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।उपचारका क्रममा राजेन्द्रको टाउकोमा २० वटा टाँका लगाइएको छ । त्यस्तै विकासको हातमा चोट लाग्नुको साथै टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रब्क्ता खनालका अनुसार विवाद हुदा कामेश्वर पटेलले आज बिहान सवा १० बजेतिर खुकुरीले हानेका हुन । खुकुरी प्रहार गर्ने कामेश्वरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।कामेश्वरले प्रयोग गरेको खुकुरी समेत बरामद गरी उनी विरुद्ध ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको प्रब्क्ता खनालले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर