कलैया । कलैया उपमहानगरपालिका को विपन्न मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
आज एक कार्यक्रम का बीच कलैया उपमहानगरपालिका वडा नम्बर १४ स्थित भावरा मा ३० घर विपन्न मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
कलैया उपमहानगरपालिका को १८ लाख , लुमन्ती आवासको लागि सहयोग समुह को ४८ लाख , विल्ड अप नेपाल को १५ लाख , सहरी सामुदायिक कोषको २४ हजार ५ सय , समुदाय को तर्फ बाट १२ लाख को आर्थिक सहयोगमा निर्माण भएको लुमन्ती आवासको लागि सहयोग समुह कलैया का सहजकर्ता अनिल मण्डल ले बिश्वास एफ एम लाई जानकारी दिएका छन् । यसअघि घरबार बिहिन बनेका ऊनीहरु नया घर प्राप्त गर्दा स्थानीयवासी खुशी भएका छन् । बालबालिका पनि निकै हर्षित देखिएका छन् ।
उक्त कार्यक्रममा कलैया उपमहानगर का प्रमुख प्रशासकीय अधिकृत नाथ साह , युजना प्रमुख मुस्ताक अन्सारी , लुमन्ती आवासको लागि सहयोग समुहका वरिष्ठ कार्यक्रम ब्यवस्थापक महेन्द्र शाक्य ,अनन्त राज बज्राचार्य , लुमन्तीका बिपद ब्यवस्थापन कि ब्यवस्थापक सोबिना लामा ,वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जयसवाल , वडा सचिव लगायत स्थानीय को उपस्थिति रहेकोे थियो ।







