कलैया । बारामा बैंकिङ कसूर मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापालाई बुधबार महानगरीय अपराध महाखाको टोलीले पक्राउ गरेको हो ।

काठमाडौंको बुढानीलकण्ड नगरपालिका-८ घर भएका थापा जितपुर सिमरा मा बस्दै आएका थिए । उनलाई उच्च अदालत पाटनले कसूरमा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र १ करोड २५ लाख बिगो बापतको रकम जरिवाना सुनाएको थियो । उनले सो रकम दाखिला नगरी फरार रहेको प्रहरीले जनाएको छ । थापा लाई पक्राउ गरि फैसला कार्यान्वयनाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर