
निजगढ । निजगढ मेयर गोल्डकप फुटबलमा नेपाल खेलकुद क्लव रौतहटले विजयी शुरुवात गरेकोछ । निजगढ मेयर गोल्डकप फुटबलको चौथो संस्करणको शनिबार सम्पन्न उद्घाटन खेलमा नेपाल खेलकुद क्लवले बिरगंज युथ एकेडेमीलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोछ ।
नेपाल खेलकुद क्लवको जितमा म्याक्सवेलले निर्णायक गोल गरे । खेलको शुरु देखि नै बिरगंजले गोलको अवशरहरु सृजना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुनपुग्यो । खेलको अन्तिमतिर अतिरिक्त २ मिनेट थप गरिएको समयमा नेपाल खेलकुद क्लवका म्याक्सवेलले गोल गर्दै टिमलाई सेमिफाईनल पुर्याउन सफल भए । खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लवका म्याक्सवेल घोषित भए ।
म्यान अफ द म्याच घोषित म्याक्सवेलले ट्रफी सहित २ हजार रुपैंया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आईतबार बकुलिया एघार बारा र निजगढ बीच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडीया खेल मैदानमा संचालन हुने खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ । यसअघि प्रतियोगिताको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएकोथियो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मेयर खनालले मेयर कप फुटबलको चौथो संस्करणसम्म आईपुग्दा प्रतियोगिताको स्तर वृद्धि र निजगढमा फुटबल खेलको बिकास भएको बताउनुभयो । नगरपालिकाको तर्फबाट फुटबल खेलको प्रवद्र्धन गर्न संचालन भएका योजनाहरु उपलब्धिमुलक रहेको बताउनुभयो । तेस्तै उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धि लामाले निजगढमा लामो समयदेखिको फुटबल खेलको बिकास गर्ने योजना लक्ष्य प्राप्तितर्फ अघि बढीरहेको बताउनुभयो । निजगढ युवा क्लवको आयोजनामा संचालित प्रतियोगितामा निजगढ सहित बिरगंज युथ एकेडेमी,बकुलिया एघार बारा,बारा एघार,नवजनजागृति युवा क्लव सिमरा बारा,नेपाल खेलकुद क्लव रौतहट र हरिवन युथ क्लव सर्लाहीको सहभागिता रहेकोछ ।
प्रतियोगिताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । तेस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २ हजार र प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट गोलरक्षक,डिफेन्स,मिडफिल्डर,स्ट्राइकर र प्रतियोगिताको उच्च गोलाकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्नेछन ।