निजगढ । नेपाली कांग्रेसको घर घर जाऔ,कांग्रेस जिताऔ अभियान अन्तर्गत नेपालि कांग्रेस निजगढ वडा नम्बर २ कार्यसमितिले शनिबार अभियान शुरु गरेकोछ । वडा कार्यसमितिले शनिबार अभियानको शुरु गरेकोहो ।

जसअन्तर्गत बिभिन्न पार्टीका ५० जना कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकाछन । नवप्रवेशी कार्यकर्ताहरुलाई निजगढका मेयर सुरेश कुमार खनाल,नेपाली कांग्रेस प्रदेश बारा क्षेत्र नम्बर १ प्रदेशसभा क का सभापति टेक बहादुर लामा,नेपालि कांग्रेस निजगढका सभापति नवराज तिमल्सिना लगायतका नेताहरुले स्वागत गर्नुभएकोथियो । अभियानको शूरुवात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निजगढका मेयर सुरेश कुमार खनालले निजगढ नगरपालिकाको स्थानीय तह निर्वाचनमा नेपालि कांग्रेस विजयी हुने दाबि गर्नुभयो ।

कम्युनिष्ट पार्टीहरुको उद्धेश्य देश बिकास र समृद्धि नरहेको जिकिर गर्नुहुँदै मेयर खनालले निजगढको सन्दर्भमा नेपालि कांग्रेसको नेतृत्वले मात्रै निजगढलाई समृद्ध र बिकसित शहर निर्माण गर्न सक्ने बताउनुभयो । नेपाली कांग्रेस निजगढ वडा नम्बर २ का सभापति हेम बहादुर बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला नेत्री माला लामा,नेपालि कांग्रेस निजगढ नगर कार्यसमितिका पदाधिकारी र स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेकोथियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर