
वीरगञ्ज । पर्सामा होलीको दिनदेखि हराएर शव भेटिएको युवकको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी २१ वर्षीय रामा उपेन्द्र साहको घाँटी रेटेर हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।
प्रहरी प्रब्क्ता खनालका अनुसार शवलाई पखालेर हेर्दा घाँटीमा धारिलो हतियारले काटेको घाउ देखिएको थियो । प्रहरीले वीरगञ्ज-१६ ईनर्वास्थित सिर्सिया नदीको किनारमा गाडिएको अवस्थामा चैत १५ गते शव भेटाएको थियो । युवकको शव परीक्षणका लागि नारायणी अस्पतालमा ल्याएको थियो । प्रब्क्ता खनालका अनुसार घटनामा संलग्नताहरुको टुंगोमा लागे पनि उनीहरु सबै भारततिर लुकेर बसेको बताए । भारतीय प्रहरीसँग समन्वय गरेर खोजी कार्य भईरहेको उनले बताए ।
शव भेटिएको स्थलमा नभई अन्यत्र हत्या गरेर ल्याएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव फेला परेकै दिनमा घटनाबारे अनुसन्धान गर्न प्रहरीले एकजनालाई पक्राउ गरेर नियन्त्रणमा राखेको छ ।