कलैया । नेपाली कांग्रेस का सह महामन्त्री फरमुल्लाह मन्सुर ले मधेसी दलले सरकार चलाउन असक्षम रहेको बताएका छन ।

नेपाली कांग्रेस बाराको क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सह महामन्त्री यस्तो बताएका हुन् ।

कार्यक्रम लाई सम्बोधन गर्दै उनले भने , “नेपाली कांग्रेस को बिचारको जित भएको छ । मधेसी पार्टीहरु जसपा , लोसपा असक्षम रहेका कारण कांग्रेस ले केन्द्र को सरकार सम्हालेको छ । त्यस्तै ६ वटै प्रदेशमा कम्युनिस्ट को सरकार ढलेर कांग्रेस को सरकार भएको बताए । उनले मधेस प्रदेशमा मधेसी र मधेसी दलले सरकार चलाउन नसकेको आरोप लगाए । ”

सिमरौनगढ नगरपालिका वडा नम्बर ९ स्थित झरोखरमा पार्टी प्रवेश तथा आमसभा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्य मा सम्पन्न भएको छ ।
भिडियो

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर