
पर्सा । पर्सामा दुई नाले बन्दुकसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, ५५ वर्षीय रामजी ठाकुर र एक १६ वर्षीय युवक रहेको सशस्त्र प्रहरी बल १३ नं. हेड क्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेलले बताए । आज बिहान ९ बजे सबैठवाबाट ना. ५७ प ३६२८ नम्बरको मोटरसाइकलमा पर्सागढीतर्फ जाँदै गर्दा पर्साको विन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट उनीहरु लाई सशस्त्र प्रहरीले बन्दुक सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट सुपर क्वालिटी लङ रेञ्ज लेखिएको दुई नाले बन्दुक १ थान, बन्दुकमा लाग्ने कार्टिज १ थानसमेत बरामद भएको पोखरेलले बताए ।