
साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिकामा पुर्ण रुपमा अनलाईन प्रणाली ईबिपिएस मार्फत घर नक्सा पास कार्यको उदघाटन गरिएको छ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले कार्यक्रमलाई उदघाटन गर्दै अन्लाईन मार्फत घर नक्सा पास हुने ब्यवस्था लागू भए सङ्गै नगर बासिलाई नक्सा पास गर्न सहज हुने बताएका छन । यादवले उपमहानगरपालिकामा घर नक्सा पासमा आएको परम्परागत शैलिको बिस्थापन हुनु उपलब्धि भएको बताउदै यसले काम छिटो छरितो हुने पनि बिश्वास लिएको बताए ।
अनलाईनबाट नगरमा पहिलो डिजिटल नक्सा बनाउन सफल कलैया ५ को राजपती देबि माली लाई नगर प्रमुख यादवले घर नक्सा पास प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
ईबिपिएस मार्फत कसरी काम हुन्छ भन्ने बारेमा प्राबिधिक प्रबेश आचार्यले सहजीकरण गरेका थिए ।
उदघाटन कार्यक्रममा उपमहानगरपालिकाको नगर उप प्रमुख रहिमा खातुन,वडा अध्यक्षहरु निमित प्रमुख प्रशासकिय अधिकृत एवम शिक्षा शाखा प्रमुख प्रल्हाद प्रसाद बर्णवाल,स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र प्रसाद जयस्वाल,योजना तथा प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,राजस्व शाखा प्रमुख दिवाकर झा,शिक्षा शाखाका अधिकृत बिजय अधिकारी,स्थानिय शासन बिज्ञ नजबुल्लाह अन्सारी,नक्सा शाखा प्रमुख ईन्द्रजित कुश्वाहा लगायत कार्यालय का कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सुचना प्रबिधि शाखा प्रमुख सुरेश यादवले गरेका थिए ।