कलैया । बारामा बाघको आक्रमण बाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने मा जितपुरसिमारा उपमहानगरपालिका वडा नम्बर १६ टागियाबस्ती टोल बस्ने ३१ वर्षीय सुरेस मगर रहेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापा ले जानकारी दिएका छन् ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका ४ जना मध्ये मगर जंगली बाघको आक्रमणमा परी घाइते भएको थिए ।
घाइते पश्चात् उनलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

ईलाका प्रहरी कार्यालय कोल्हवी बाट खटिएको प्रहरी टोलीले लाश मुचुल्का लिएर मृतकको लाश पोष्टममार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा ल्याइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर