कलैया : कक्षा ८ को वार्षिक परिक्षामा निजी बाट पढेर सरकारी बिधालय मा परिक्षा दिदै विद्यार्थी

कलैया । कलैया उपमहानगरपालिका सहित हाल देश भरका अधिकांस स्थानीय तहमा आधारभूत तह कक्षा ८ को परिक्षा संचालन भैरहेको छ ।स्थानीय तहले लिने कक्षा ८ को वार्षिक परिक्षा सम्बन्धित पालिका ले तालिका निकाल्ने , परिक्षा आफैले संचालन गर्ने , र बिद्यार्थी को परिक्षाफल पनि सम्बन्धित पालिकाले सार्वजनिक गर्ने नियम छ ।

कलैया उपमहानगर अन्तर्गत कक्षा ८ को वार्षिक परिक्षा चैत २८ देखि सुरु भएको छ । परिक्षा भने वैशाख ७ गते सकिने छ । उक्त परिक्षामा भने निजि बिधालय बाट कक्षा ८ सम्म पढेका बिद्यार्थीहरु सरकारी बिधालय बाट परिक्षा दिएको पाइएको छ ।

कलैया उपमहानगर को शिक्षा शाखा प्रमुख प्रहालद वर्ण्वाल सहितको टोलिले आज अनुगमन गर्दा यस्तो पाइएको हो । नियमले निजि बिधालय बाट पढ्दा निजि बिधालय मै परिक्षा दिनु पर्ने र सरकारी बाट पढ्दा सरकारी बिधालय बाटै परिक्षा दिनु पर्ने हुन्छ ।

यद्यपि कलैया मा भने नियम को ब्यापक उलंघन भएको छ । कलैया उपमहानगर का प्रमुख प्रशासकीय अधिकृत नाथ साह का अनुसार कलैया मा रहेको भरत बाबा र ग्यान्दिप स्कुलका बिद्यार्थीहरु यस्तो गरेको पाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत साहले बिश्वास एफ एम संग कुराकानी गर्दै भने , ” निजि बिधालय का बिद्यार्थीहरु सरकारी बाट परिक्षा दिएको पाइएको छ । शिक्षा शाखाको अनुगमन मा दुई निजी बिधालय का बिद्यार्थीहरु कलैया -१० स्थित सामुदायिक बिधालय मा परिक्षा दिएको पाइएको हो । ऊनीहरु लाई नियम अनुसार कार्वाही हुन्छ ।” उनले थपे हामी अनुगमन मा छौ त्यस्ता अन्य बिद्यार्थी को खोजी कार्य जारी छ ।

उच्च शिक्षा मा सरकारी बिधालय बाट पढेका बिद्यार्थी लाई सरकारले छुट्टै छात्रवृत्ति दिने गरेको ले निजी बिधालय मा पढ्ने बिद्यार्थी ले परिक्षा सरकारी बाट दिने गरेको पाइएको हो ।

यता कलैया उप महानगरपालिका अन्तर्गतका अधिकांश विधालयहरुले विधार्थीहरुको इ एम एस फारम नै नभरी अन्तिम परीक्षामा विधार्थीहरुलाई सहभागी गराएको पाईएकाे छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर