साजिर मन्सूर
कलैया,बैशाख ४
रास्ट्रीय बाणिज्य बैंक मधेस प्रदेश कार्यालय बिरगंजले पर्सा जिल्लाको बिरन्ची बार्वा स्वास्थ चौकिमा विभिन्न खालका औषधि बितरण गरेको छ । राबा बैंक प्रादेशिक कार्यालयले समाजिक उतरदायीत्व बहन गर्ने बार्शिक कार्यक्रम अनुसार बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरले स्वास्थ चौकी प्रमुख निरन्जन प्रसाद चौरसिया लाई सो औसधि बितरण गरेको बैंकका प्रादेशिक प्रशासन शाखा प्रमुख बिबेक कुमार श्रीवास्तवले जनाएका छन ।सो अवसरमा बैंकका प्रादेशिक प्रबन्धक ठाकुरले राबा बैंक जनताको पहिलो रोजाईको बैंक भएकोले बैंक समेत समाजिक उतरदायीत्व पूरा गर्न कहिल्यै पनि पछि नपर्ने बताए । ठाकुरले आफुहरु अहिलेको विषम परिस्थितिमा समेत देशको अर्थ ब्यवस्था लाई बलियो बनाउन विभिन्न खालका बजारमा रहेको भ्रम चिर्ने अभियानमा लागेको बताएका छन । यसका लागी ठाकुरले जो भेट्यो उसैलाई अलिकती समय दिएर भएपनी सबै ब्यान्करहरुले सम्झाउन जरुरी रहेको बताए । प्रादेशिक कार्यालय प्रशासन शाखा प्रमुख श्रीवास्तवले बैंकले कोभिडका बेला बैंकले विभिन्न खालका कार्यक्रम सन्चालन गरेको बताएका छन । श्रीवास्तवले अहिलेको क्राईसिस अन्त्य गर्न बिदेश गएका सारा नेपालिले बैंक मार्फत रेमिटेन्स गर्न,निर्यात बढाउनमा ध्यान दिन,बिलाशिताका समान आयात रोक्न तथा एफडिआई बढाउन सके अहिलेको समस्या समाधान हुने र हामी सबै सफल हुने बताएका छन ।
औसधि बितरण कार्यक्रममा बैंकका कर्जा ईन्चार्ज भोजराज काफ्ले सहित अन्य कर्मचारी तथा स्वास्थ चौकिका डाक्टर तेजनाथ तिवारी सहित अन्य स्वास्थकर्मी र सर्वसाधारण जनताको उपस्थिति रहेको थियो ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702