कलैया । नेपाली कांग्रेसले कलैयामा घरदैलो कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कांग्रेस कलैया उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यसमिति ले वडा लाई केन्द्रित गर्दै घरदैलो र भेटघाट कार्यक्रम सुरु भएको हो ।
नेपाली कांग्रेस कलैया उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यसमिति का सभापति बसन्त घिमिरेको अध्यक्षतामा सुरु भएको घरदैलोमा कलैया -१ का वडा अध्यक्ष हरिओम सोनार , जिल्ला कार्यसमिति कि सदस्य प्रिंयका दास , सुरेश साह , हरिशन्कर गुप्ता , मुना पटेल , हरेराम मेहेता , रन्जना घिमिरे , नैना कुमारी सहित पार्टिका नेता तथा कार्याकर्ताहरुको सहभागितामा चुनावी घरदैलो कार्यक्रम शुरु आज बिहिवार देखि शुरु भएको हो ।
चुनावी घरदैलो कार्यक्रम मार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने कार्य भएको जिल्ला कार्यसमिति सदस्य दास ले जानकारी दिनु भयो । विगतका कामको कमीकमजोरी एवं थप सुधारका लागि सुझाव समेत लिइरहेको नेताहरुले बताएका छन् ।
चुनावी अभियानअन्तर्गत ‘घरघरमा जाऔँ कांग्रेस जिताऔँ’ भन्ने नाराका साथ निर्वाचनको अभियानमा कांग्रेसका शुभचिन्तक, शुभेच्छुक एवं नेताले मतदातालाई दलको धारणा स्पष्ट पार्न थालेका छन् ।