साजिर मन्सूर
कलैया २१ बैशाख
स्नातक पास गरेको बिधार्थीहरु पहिचान गरि उनिहरुलाई जागिर नलागे सम्म मासिक रु.३ हजार बेरोजगार भत्ता दिने प्रसौनी गाउपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेका काङ्ग्रेस नेता सुनिल गुप्ताले बताएका छन ।
प्रसौनी गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार गुप्ताले ५ वर्षे प्रतिबद्धता पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन । शिक्षा, स्वास्थ्य, कृषि,रोजगार र भौतिक पुर्वाधारमा जोड दिदै पालिकाको समग्र बिकासका लागि अाफु सदैब तत्पर रहेकाे प्रतिवद्धता पत्र मार्फत सार्बजनिक गरेका छन ।
भ्रष्टाचार मुक्त पालिका बनाउनका लागि हेल्पडेक्स निर्माण गरि सेवाग्राहीहरुलाई छिटो छरितो चुस्त दुरूस्त प्रशासनकाे अनुभुति गराउनेमा उनकाे मुख्य जाेड छ । दलित जेहन्दार,गरिब गरि ५० जना बिधार्थीहरुका लागि मासिक रु २ हजार प्रोत्साहन स्वरुप दिने,अाफ्नाे पालिकामा एक जना एमबिबिएस डाक्टर,१ जना ईन्जिीनियर पढनका लागि बार्षिक रुपमा बजेट छुट्याउने, विवाह मण्डप, निर्माण वृद्धा आश्रम, अनाथालय निर्माण, ५ बर्षमा ५ सय जनालाई रोजगारको व्यवस्था गर्ने, १ सय यूनिट बिधुत खपत गर्नेहरुलाई ५० यूनिट बिधुत फ्रि गरि दिने जस्ता योजनाहरु प्रतिबद्धता पत्रमा जाहेर गरेका छन ।शिक्षा क्षेत्रमा ५०, स्वास्थ्य क्षेत्रमा २५, पर्यटन क्षेत्रमा २५, अधोगिक सुरक्षा क्षेत्रमा २५, चालक तथा सहचालकमा २८ जना, सरसफाई क्षेत्रमा २५ जना गाँउपालिका प्रहरीमा ३५ जना बिभिन्न उधोगका श्रमिकको रुपमा १ सय जना र स्वरोजगार अन्तरगत सिलाई, कटाई, प्लम्बर, बिजुली मिस्त्री गरि १ सय ७२ जनालाई कम्तीमा रोजगारीको व्यवस्था गर्ने लक्ष्य रहेको गाँउपालिका अध्यक्षका उम्मेदवार गुप्ताले प्रतिबद्धता जनाएका छन।
प्रतिबद्धता सार्वजनिक कार्यक्रममा गाउपालिकामा उपाअध्यक्ष पदका उम्मेदवार निलम साह, काङ्ग्रेस
बारा क्षेत्र नं ४ `ख´ का सभापति एवं महासमिति सदस्य लुकेश सिह, वडा अध्यक्ष पदका उम्मेदवारहरु १ का हरी राउत कुर्मी २ का हृदय साह तेली , ३ का राम प्रसाद साह ४ का शौरभ कुमार गुप्ता, ५ का रामबाबु साह ६ का नन्देश राउत सिह र ७ का राममनी गुप्ता सहित काङ्ग्रेस नेता कार्यकर्ता तथा सुभचिन्तकहरुको सहभागिता रहेको थियो । कार्यक्रम को सन्चालन प्रसौनीका लागि नेपाल प्रेस युनियन बाराबाट प्रचारप्रसार संयोजकको जिम्मेवारी पाएका प्रभु यादवले गरेका थिए ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702