साजिर मन्सूर
बारा,बैशाख २५

ग्रामीण उत्थान अभियान बाराले जिल्लाको विभिन्न पालिकामा मतदाता शिक्षा दिने उदेश्य का साथ सडक नाटक प्रदर्सन थालेको छ । संस्थाले कलैया उपमहानगरपालिका, महागढीमाइ नगरपालिका तथा बारागढी गाउपालिकामा घरदैलाे सहित सडक नाटक कार्यक्रम प्रदर्शन गरिरहेको संस्था का अध्यक्ष मुकद्दम अन्सारीले बताए । अन्सारीले कार्यक्रमको मुख्य उद्देश्य भनेको नै स्थानिय तह निर्वाचन २०७९ मा मतदातालाई कुनै किसिमन्को डर त्रास,लाेभ लालच मा नपरी दक्ष तथा योग्य उमेदवार लाई मत प्रदान गर्नु रहेकाे जनाएका छन । यसका लागि संस्थाले पालिका अनुसारको बसोबास रहेका स्थानिय भाषामा नाटक प्रदर्शन गरिरहेको जनाएका छन। हाल सम्म १७३० जना समक्ष याे सुचना पुर्याई सकेको संस्थाले जनाएको र यो कार्यक्रम संचालनमा रहेकाे छ । टेवा धापाखेल ललितपुरकाे सहयाेग तथा ग्रामिण उत्थान अभियानकाे आयोजनामा मतदाता शिक्षा अन्तरगत यो कार्यक्रम चलिरहेको हो । निर्वाचन आयोगले यस पाली मतदाता शिक्षामा अत्यन्तै कन्जुस्याइँ गरेको बेला यो संस्थाले थालेको अभियानले स्थानिय र नितान्त अशिक्षित र पछाडि पारिएका समुदायका लागि राम्रो हुने बारा नागरिक समाजका अध्यक्ष उमेश लाल दासले बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर