बारा,जेष्ठ ९
बाराको प्रसौनी गाउपालिकामा आयोजना गरिएको न व निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी एमालेका पोलिट ब्युरो सदस्य अच्युत मैनालिले प्रसौनिमा बहुमतको दम्भ देखाएर भ्रस्टाचार गर्न खोजे त्यसतो कुनै हालतमा हुन नदिने बताएका छन । मैनालिले सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधिलाई भ्रस्टाचारमा शून्य सहनशीलता अपनाउनु पर्ने बताएका छन । मैनालिले आज प्रसौनि गाउपालिकाको प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा मैनालिले सबै जनप्रतिनिधि मिलेर बिकासमा लाग्नु पर्ने बताए । यता गाउपालिकाको ७ वडा मध्ये ४ वडा अध्यक्षलाई अपमानित गर्न खोजेको भन्दै ४ अध्यक्ष सहित काङ्ग्रेस,माओवादी र नेकपा एसका निर्वाचित जनप्रतिनिधिले कार्यक्रम बहिस्कार गरेका छन । काङ्ग्रेस को तर्फबाट वडा नम्बर २ का अध्यक्ष हृदय कुमार साह
माओवादी बाट वडा ६ का बृजकिशोर कुश्वाहा ४ का याकुब अन्सारी र नेकपा एस बाट वडा नम्बर ३ का निर्वाचित अध्यक्ष छोटालाल साह सहित का जनप्रतिनिधिले कार्यक्रमको बहिस्कार गरेको वडा नम्बर ६ का अध्यक्ष कुश्वाहाले बताए । कुश्वाहाले सपथ ग्रहण कार्यक्रममा बोलाएर निर्वाचित जनप्रतिनिधिलाई बस्ने कुर्सी समेत नमिलाई अपमान गर्ने गरि केवल एमाले नेता कार्यकर्तालाई आसन ग्रहण गरिएको प्रती आक्रोश ब्यक्त गरेका छन । कुश्वाहाले हाम्रो सपथ भोलि फेरि गर्ने गरि आजको कार्यक्रमलाई बहिस्कार गरेको बताए । गाउपालिकाकाको नव निर्वाचित अध्यक्ष बिनोद प्रसाद जयस्वालले बाहिरबाट आएका अतिथिहरुको स्वागत र सम्मान गर्नु हाम्रो कर्तब्य भएकाले एमालेका केही नेता आउदा वडा अध्यक्षहरु आक्रोशमा आउन नहुने बताए । जयस्वालले आफुले सबै वडा अध्यक्ष र सदस्यहरुलाई कार्यक्रममा बस्न आग्रह गरेपनी राजनितीक आग्रह पुर्वाग्रहले गर्दा नमानेको बताए । जयस्वालले असन्तुष्ट साथिहरुको सपथ भोलि गराउने बताए ।
यता प्रमुख प्रसासकिय अधिकृत सुनिल केशरिले कार्यक्रमलाई ब्यवस्थित बनाउन हर प्रयास गरेपनी योजना भन्दा बढी नेता कार्यकर्ता आएर मन्चमा बसेपछि कार्यक्रम ब्यवस्थित हुन नसकेको बताए ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702