बारा ,जेष्ठ ९
बाराको फेटा गाउपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले एक समारोहका बिच सपथ ग्रहण गरेका छन । गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले नव निर्वाचित उपाध्यक्ष निलम साह सहित ७ वटा वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ खुवाएका हुन ।

फेटा गाउपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा
नव निर्वाचित जनप्रतिनिधिहरुलाई फुल माला अबिर लगाएर स्वागत गर्दै सम्मान गरिएको छ ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष रुस्तम अन्सारीले कार्यक्रममा सम्बोधन गर्दै गाउपालिकालाई स्मार्ट गाउपालिका बनाउने उदघोष गरेका छन । अन्सारीले हिजो के भो मलाई मतलब भएन तर आज आफुले सपथ खाएर पदभार ग्रहण गर्दै गाउपालिका बासिको सेवकको रुपमा अहोरात्र सेवा गर्ने बताए । अन्सारीले फेटामा किसान मैत्री कार्यक्रम ल्याएर युवा बर्गलाई लछित कार्यक्रम ल्याउने र त्यसबाट रोजगारी सिर्जना गर्ने बताए । अन्सारीले गाउपालिका प्राङ्गणमा रुख रोपेर कार्यक्रमको उदघाटन गर्दै गाउपालिकाको नव निर्मित प्रशासकिय भवनको समेत उदघाटन गरेका छन ।
फेटा गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत कमलेश मिश्रले स्वागत गरेको कार्यक्रमको सन्चालन गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख कुरान अलि ठकुराईले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर