
बारा ,जेष्ठ ९
बाराको महागढिमाई नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले एक समारोहका बिच सपथ ग्रहण गरेका छन । नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव ले नव निर्वाचित उप मेयर तारा देबि कानु सहित समस्त वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ खुवाएका हुन ।
नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा
नव निर्वाचित जनप्रतिनिधिहरुलाई फुल माला अबिर लगाएर स्वागत गर्दै सम्मान गरिएको छ ।
कार्यक्रममा नव निर्वाचित मेयर यादवले कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाका समस्त जनतालाई धन्यवाद दिएका छन । यादवले महागढिमाई का जनताले बिकास लाई चाहेको र त्यसकै लागि आफुलाई आशिर्वाद दिएको बताए । यादवले बाराको१६ पालिका मध्ये मलाई मात्र फेरि दोश्रो कार्यकालका लागि चयन गरेर ईतिहास रचेकामा पुनः सबैमा धन्यवाद दिए । नगरपालिकाको अधुरो सबै काम पुरागर्ने जिम्मेवारी यहाका जनताले मेरो काधमा जिम्मा दिएको प्रती आफुले त्यसलाई पूरा गर्ने बताए । यादवले हिजोको सारा बाचा आफुले पूरा गर्ने बताए । यादवले आज आफुले सपथ खाएर पदभार ग्रहण गर्दै नगरपालिका बासिको सेवकको रुपमा अहोरात्र सेवा गर्ने बताए ।
फेटा गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत कमलेश मिश्रले स्वागत गरेको कार्यक्रमको सन्चालन गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख कुरान अलि ठकुराईले गरेका थिए ।