साजिर मन्सूर
कलैया,जेष्ठ १६

जनता आवास कार्यक्रम कार्यन्वयन इकाई बाराका सम्योजक प्रदेश सान्सद पारस साहले सम्योजक पदबाट राजिनामा दिने तयारी गरेका छन । सान्सद साहले जनता आवासका लागि बाराको सम्योजक तोकिएपनी शहरी बिकास भवन कार्यालय पर्साका प्रमुख रुद्रनारायण दासको अयोग्यता का कारण जनता आवासको सम्पुर्ण काम लथालिङ्ग भएको आरोप लगाएका छन । प्रमुख दासले कार्यालयको कर्मचारीलाई समेत बिना जानकारी गराई आफ्नै गाउको खेताला राखेर जनता सङ्ग घर बनाउन लगाईदिने भन्दै बारा,पर्सा र रौतहटमा केही ठग सकृय गराएको श्रोतले जनाएको छ । सम्योजक साहका अनुसार दलित,मुस्लिम असहायलाई सरकारले उपलब्ध गराउने घरका लागि केही ठगहरुका समूह सकृय भएर सोझा साझा गरिब जनतालाई ठगिरहेको बेला बेला आफुलाई खबर आएको र यसलाई आफुले गम्भीरता पुर्वक लिएको बताउदै आएका थिए । पारस साहले कार्यालय प्रमुख दासले मधेश प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयमा आफ्नो आफ्नै मामा सचिव रहेकाले आफुलाई कसैले केही गर्न नसक्ने भन्दै सबैलाई अटेरी गर्दै आएको आरोप लगाएका छन । दास कार्यालयमा आएको १० महिना बित्दा समेत एउटा सिन्को भाच्न नसकेको प्रदेश सान्सद साहले गुनासो गरेका छन । पुरानो घरको बक्यौता समेत तिर्न आनाकानी गरेको र पैसा पाए मात्र चेक बनाउन लगाउने बताउने गरेको आरोप लगाउदै कार्यालय प्रमुख दासको मानसिक अवस्था ठिक नभएको साहले आरोप लगाएका छन । बारामा १२ हजार जनाको फारम भरिएको र त्यसबाट नियमानुसार १८४० वटा फाईल प्रक्रियामा लगिएको भएपनी त्यो फाईलहरुको बेवास्ता गर्ने गरिएको पारस साहले बताएका छन । साहले प्रमुख दासले जनता आवास कार्यक्रम बारा को बजेट रौतहट जिल्लामा रकमान्तरण गर्ने अनेक प्रयास गरे पनि आफुले त्यसो हुन नदिएपछी आफुसङ्ग रुष्ट बनेको समेत आरोप लगाएका छन । कार्यालय प्रमुख दासले आफू डन हु सान्सदको आफ्नो सामुन्ने केही नचल्ने जस्ता बक्तब्य दिने गरेकाले त्यस्ता कर्मचारीले कामै गर्न नसक्ने बताउदै जनताको भरोसा माथी खेलवाड गरेको आरोप आफुले सहन गर्न नसक्ने भन्दै आजै भोलिमा जनता आवास कार्यक्रमको बारा जिल्ला सम्योजक पदबाट आफुले राजिनामा दिने बताएका छन ।
पछिल्ला बर्षहरुमा केही बिचौलियाहरुले गाउँगाउमा लगेर फर्म भराउने र घर बनाईदिने भन्दै त्यस बापत नजराना लिने गरेको तर्फ लछित गर्दै त्यस्ताको यस बर्ष बाट कुनै दाल नगल्ने भएपछि ती ठगहरु अब गाउँ गाउँ पुगेर प्रती घर रु २५ हजार सम्म ठग्दै हिडेको जनताहरुले आफुलाई फोन गरेर बताएका र यो बिषय मा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आफुले त्यसको निवारण गरेपनी कार्यालय प्रमुख दासको कारण केही हुन नसकेको आरोप गराएका छन । यता शहरी बिकास कार्यालय पर्साका प्रमुख दासले आफुमाथी लगाईएको सबै आरोप निराधार भएको बताएका छन । दासले कर्मचारीहरुले नै समयमा फाईल तयार गरेर बैठकमा नल्याउदा समस्या भएको बताउदै अब फटाफट सम्झौता प्रक्रिया अगाडी बढाउने बताएका छन ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय पर्साले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउन गएको साउन १८ देखि साउन २७ गते सम्म सूचना निकालेको थियो । जसमा बारामा निर्धारित समयमा १२ हजार भन्दा बढिले फर्म भरेको जनता आवास कार्यक्रम कार्यालय ईकाई बाराका बिजय यादवले जानकारी गराए ।
सहरी विकास तथा भवन कार्यालय पर्साले बारामा स्थायी रुपमा बसोबास गर्दै आएको डोम , मुसहर , चमार , दुसाद , खत्वे र अन्य दलितको हकमा राष्ट्रिय दलित आयोगको सुची अनुरुप गन्धर्व , परियार , बादी , विश्वकर्मा , सार्की , कलर , ककेहिया , कोरी , खटिक , चिडिमार , तत्मा , धोबी , पथरकट्टा , पासी , वातर , मेस्तर र सभंग परिवार समुह भित्र पर्ने सबै थरहरु तथा विपन्न मुसलमान लगाएत चेपांग , राउटे तथा कुसुण्डा जातिहरु लाई जनता आवास कार्यक्रम मार्फत घर बनाईने सुचना निकालेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर