
साजिर मन्सूर
कलैया,जेष्ठ २३
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ का नव निर्वाचित वडा अध्यक्ष काङ्ग्रेस नेता गजेन्द्र जयस्वालले आफुले पाउने मासिक सेवा सुबिधा नलिने उदघोष गरेका छन । यस्तै वडा नम्बर ११ का नव निर्वाचित अध्यक्ष काङ्ग्रेस युवा नेता अरबिन्द बन्ठाले समेत सेवा सुबिधा नलिने घोषणा गरेका छन । जनताले देशमा आर्थिक संकट पो आउने भन्ने आकलन गरिरहेका बेला जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रीने भएकाले आफुले सेवा सुबिधा नलिने अध्यक्ष जयस्वालले घोषणा गरेका हुन । वडा अध्यक्ष बन्ठाले यस नगरका प्रमुख उपेन्द्र प्रसाद यादवले समेत आफुले कुनै सेवा नलिने घोषणा गरेर हामिलाई समेत सेवा सुबिधा नलिने बिषयमा सल्लाह गर्दा आफुले पनि वहाको यो प्रस्तावलाई सहर्ष स्विकार गरेको र यसबाट आफू अत्यन्तै खुशी रहेको बताए । जयस्वाल स्थानीय निर्वाचनमा लगातार दोश्रो पटक जितेर वडा अध्यक्ष भएका हुन भने बन्ठा नया वडा अध्यक्ष निर्वाचित भएका हुन । जयस्वाल र बन्ठाले आफ्नो प्रथम र अन्तिम उदेश्य भनेकै जनताको काम छिटो छरितो र सहज रुपमा गर्ने रहेको बताएका छन ।