साजिर मन्सूर
बारा -जेष्ठ २८

बारा जिल्लाको खोला तथा नदिहरुमा दोहन बढेको गुनासो बढेसङ्गै सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ । जिल्ला स्थित बालगंगा खोला,दुधौरा खोला र पसाह खोलामा ठेकदारले मापन ढन्ड बिपरित खोला दहन गरेको भन्दै स्थानीयको उजुरी र गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बारा का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटिवालको नेतृत्वमा ती खोलाहरुमा अनुगमन गरिएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं १६मा रहेका बालगंगा खोलामा ठिकदारले नियम बिपरित खोला उत्खनन गरेपछि जिल्ला प्रशासन कार्यालयमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष हरिदेव खरेल र स्थानीयले गुनासो सङ्गै उजुरि दिएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले बालगंगा खोला र संचालित क्रसरहरुमा अनुगमन गरेका छन । वडा अध्यक्षको अनुसार बालगंगा खोलामा ठेकदारले नियम बिपरीत खोलालाई उत्खनन् गरेका छन। खोलामा तीन फिट भन्दा बढी उत्खनन नगर्नुपर्नेमा ठेकेदारले बालगंगा खोलामा १९ फिट २० फिट भन्दा बढी गहिरो खोलालाई उत्खनन गरेर ठेकेदारले बालुवा गिटी निकालेका छन ।बालगंगा खोलामा १९ फिट २० फिट भन्दा बढी खोलालाई उत्खनन गरेकोले खोलाको दुबै छेउमा रहेका बनजङ्गका रुखहरु खोलामा भासिएर रुख नदिमा खस्न थालेका छन ।आउदो श्रावण भाद्रको बर्षामा बनजंगलको ठूलो छती हुन सक्ने अनुमान गरिएको छ । नदिका किनारामा रहेका जङ्गल बस्तीहरुको पनि खत्रा बढेको छ ।तर जीतपुर सिमरा उपमहानगरपालिकाले अहिले सम्म ठेकेदारलाई करवाही नगरेको र खोलाको उत्खननमा रोक पनि नलगाएको अध्यक्ष खरेलले आरोप लगाएका छन ।

अनुगमनका क्रममा बालगंगा खोलामा ठेकेदारले नियम बिपरित खोलामा उत्खनन गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । खोलामा तीन फिट भन्दा बढी खोला उत्खनन गर्ने प्रवधान रहेको छैन । तर ठिकेदारले खोलाको दुबै किनारादेखि लिएर बिच सम्ममा नियम बिपरित खोलालाई उत्खनन गरेका छन कटिवालले भने । स्थानीय सरकारले खोलालाई ठेकापट्टा लगाए पनि खोला र बन जंगल कसरी संरक्षण हुन्छ सो तिर ध्यान नपुर्याएको कटुवालले बताउदै अब ती ठेकेदारलाई करवाही अगाडि बढाउने बताएका छन ।

जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत रहेका बालागंगा खोला , दुधौरा खोला र पसाह खोलाहरुको ठेक्कापटा गरि बालुवा गिटी बेचर स्थानीय तहको बिकासमा सहयोग पुग्दै आएको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले बताएका छ्न ।उनका अनुसार यी तीन वटा खोलाहरुमा ठेकापट्टा गरेको हुनाले एक सय भन्दा बढी स्थानीयहरुलाई रोजगारी प्राप्त भएको बताएका छन । खोलाको ठिक्कापट्टामा रोक लगाउने काम गर्दा र खोलामा मापदण्ड बिपरित उत्खनन गर्न रोक लगाउदा विभिन्न राजनीति दल जनप्रतिनिधि ,र ठेकदारले दबाब आउने गरेको पोखरेलले बताए । जनप्रतिनिधि , राजनीतिक दल र स्थानीयले नियत राम्रो राखेर नियम बिपरित खोलाको उत्खनन भएको विरुद्धमा उजुरी हालेमा खोलाको उत्खनन र ठेक्का पट्टा बन्द हुने पोखरेलले प्रतिबद्धता जनाएका छन ।

बालगंगा खोला ,दुधौरा खोला , पसाह खोला लगाएत बाराको अन्य खोलामा मापदण्ड बिपरित उत्खनन गर्न समयमा बन्द नगरिए ठुलो धनजन र बन जंगलको छती हुने निस्चित छ । नियत सफा राखेर सबै जनप्रतिनिधि , विभिन्न राजनीति दल , स्थानीयहरुले एक जुट भएर खोला उत्खननमा रोक लगाउनु पर्छ र जनधन तथा बनजंगललाई संरक्षण गर्नुपर्ने आवस्यकता रहेको देखिन्छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर