साजिर मन्सूर
कलैया,जेष्ठ ३१

बारा । कलैया उपमहानगरपालिका का योजना प्रमुखका रुपमा कार्यरत ईन्जिनियर माधव यादवले आज विशेष अदालत बाट सफाई पाएका छन् । उनलाई आज विशेष अदालत का न्यायाधीश बलभद्र बास्तोला र डा खुशी प्रसाद थारु को इजलासले सफाई दिएको हो ।
गत २०७५ साल साउन २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मा मुद्दा दर्ता गरेको थियो । कलैया उपमहानगरपालिका वडा नम्बर २१ मा बाटो ढलान को काममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता गरेको थियो । अदालत ले आज उनलाई सफाई दिएको हो ।
यता कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्रीले ईन्जिनियर यादव अति नै सरल स्वभावका कर्मचारी भएको र वहाले गर्दै नगरेको सानो भुलका लागि अदालत लगिएकोमा दुख लागेको बताएका छन । ईन्जिनियर यादव कलैयाको स्थानिय भएकोले पनि सबै भुगोल र परिवेश थाहा भएका कारण वहाले गरेको कामको प्रसंशा हुने गरेको बताए । यादव को अनुपस्थितिमा कलैयामा कामको गति धेरै सुस्त रुपमा भएको पनि बताए । अब वहाको सफाई सङ्गै हामी खुसी भएको कलैया उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष दिपेन्द्र प्रसाद कुश्वाहाले बताएका छन । कुश्वाहाले वहाले गर्ने स्टिमेट र काम बाट सबै जना खुशी हुने साथै गुणस्तरीय काम हरु हुने गरेको बताएका छन । यादव ले सफाई पाए सङ्गै अब प्राबिधिक शाखा अझ द्रुत गतिमा काम अगाडी बढ्ने जनप्रतिनिधि तथा प्राबिधिक शाखाका कर्मचारिहरुले बिश्वास लिएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर