साजिर मन्सूर
कलैया,जेठ ३१

बारा र पर्सा जिल्लामा लगाईएको उखु खेतिमा रेडरोट(लाल सडन ) रोगको प्रकोप देखिएको रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज प्राली श्रीपुर मनहर्वाले जनाएको छ । खासगरी भेराईटी उखुमा यो रोगको प्रकोप देखिएको मिलका केन जिएम अरुण श्रीवास्तवले बताएका छन । श्रीवास्तवले यो रोग भेराईटी उखुको लागि कैन्सर रोग भन्दा खतरनाक भएको समेत बताएका छन । श्रीवास्तवले उखुको तेश्रो र चौथो पातमा पहेलो भएको छ भने त्यसमा रेडरोट लागेको सहजै बुझ्न सकिने बताउदै यसको समयमै उपचार नगरिए यो सारा खेतमा फैलेर सबै बाली नै नस्ट गर्न सक्ने समेत बताएका छन । यो रोगको उपचारका लागि प्रयोग हुने रोको नामक पाउडर औषधी मिल ले उधारोमा बितरण गरिरहेकोले छिटो सम्पर्क गरेर लैजान कम्पनिका केन म्यानेजर अतुल मिश्रले अनुरोध गरेका छन । मिश्रले यो रोगको ईलाजका लागि रोग लागेको उखुलाई जडबाट उखेलेर त्यो उखेलेको जडमा २ चम्चा ब्लिचिङ्ग पाउडर छर्केर त्यसलाई माटोले राम्रोसँग पुरिदिदा त्यो रोग अन्य उखुमा फैलिन नपाउने बताएका छन । मिश्रले गत बर्ष यो रोगका कारण कलैया २ औधापुरका किसान राजेश यादवको करिब ५ बिघामा लगाएको उखु बालिमा फैलिएर सारा बाली बर्बाद गरेको कारण पनि यसमा ढिलो नगर्न र आफ्नो उखु बाली को संरक्षण गर्न सुझाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर