साजिर मन्सूर
कलैया,असार १

महागढिमाई नगरपालिकालाई शिक्षाको हब बनाउने भन्दै आएका महागढिमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादबले आज ५१ जना छात्राहरुलाई साईकल बितरण गरेका छन । महागढिमाई नगरपालिका ५ मा रहेको श्री जनता माबी कवहिमा अध्ययनरत ५१ छात्राहरुलाई साईकल बितरण गर्दै प्रमुख अतिथी समेत रहेका यादवले सबैले अब्बल बिद्यार्थी भएर देखाउन हौसल्ला समेत दिएका छन । पुरुष प्रधान कहलिएको समाजमा मेरा नगरमा सबै बराबर हुन भन्ने मेरो चाहना रहेको र मेरा यी सबै बहिनिहरु भोलि गएर जिल्लामै अब्बल बिद्यार्थी बन्दै मेरो सपना पूरा गर्ने आफुले बिश्वास लिएको बताएका छन । यादबले यश भेगका प्राय सबै जसो बिद्यार्थी उच्च शिक्षाका लागि अन्य प्रदेश,जिल्ला,शहरमा जानुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न मैले यो नगरलाईनै शैक्षिक हबको रुपमा बिकसित गर्दै लाने गरि योजना बनाएर सो उदेश्य प्राप्तिका निमित लागिपरेको बताएका छन । हाम्रो नगरका जेहेन्दार बिद्यार्थीहरुलाई सरकारी जागिर खान सजिलो होस भनेर सो मा सहयोग गर्ने उदेश्यले विभिन्न खालका लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सन्चालन समेत पहिला देखि गर्दै आएको समेत बताएका छन ।
मेयर यादबले शिक्षा भित्र आफुले कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप नसहने बताउदै कुनै प्रकारको राजनितीक हस्तक्षेप भए आफुलाई डाईरेक्ट भन्न समेत आग्रह गर्दै आएका छन । सो बिधालय ब्यवस्थापन समितिक अध्यक्ष अङ्गद पान्डेको अध्यक्षतामा भएको साईकल बितरण कार्यक्रममा बिशिस्ट अतिथि वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र प्रसाद जयस्वाल,१ का अध्यक्ष मनोज गुप्ता,११ का अध्यक्ष अरबिन्द बन्ठा, वडा सदस्यहरु,नगरका बुद्धिजीवी शिक्षाप्रेमी,अभिभावक,नगरबासी सहितकाको उपस्तिथि रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर