साजिर मन्सूर
कलैया,असाढ ८

देवताल गाउपालिकाको आव २०७९/०८० को गाउँ सभा शुरु भएको छ । गाउँ सभा बाट ३५ करोड १४ लाख २५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । गाउँ सभालाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष उदय प्रसाद यादवले अध्यक्षले चढ्ने चार पाँग्रे गाडी उपाध्यक्षलाई प्रयोग गर्न दिने घोषणा गरेका छन । गाउपालिका उपाध्यक्ष सितापती देबि यादवले बारम्बार गाडी चाहियो गाडी चाहियो भनेर दबाब दिने गरेको र कार्यालयका कर्मचारी माथी पनि गाडिको लागि दबाब दिने गरेकाले आफुले प्रयोग गर्ने गाडी उपाध्यक्ष लाई चलाउन दिने बताएका छन । सरकारले नया गाडी किन्न रोक लगाएको र यता बिना गाडि हुनै नसक्ने अडान उपाध्यक्षले राखेपछि आफू यस्तो निर्णय गर्न बाध्य भएको बताउदै अब देखि आफुले उपाध्यक्षले प्रयोग गर्ने स्कुटी प्रयोग गर्ने बताएका छन । अध्यक्ष यादवले मालिक नभएर सेवकको नाताले गाउपालिकाको जनता प्रती उतरदायी,पारदर्शी,मेहनती,र ईमान्दार भएर सारा जनप्रतिनिधि तथा कर्मचारी को सहयोगमा समृद्ध देवतालको निर्माण गर्ने बताएका छन । सो अवसरमा असहाय सङ्ग गापा अध्यक्ष कार्यक्रम अन्तरगत गापा भित्रका असहाय,गरिब,सहिद,बिधवा,बिपन्न परिवारका छोरिको बिवाहका लागि २५ देखि ५० हजार सम्म आर्थिक सहयोग गर्ने नीति बनाएको बताएका छन ।
गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले स्वागत गरेको कार्यक्रमको सन्चालन योजना तथा प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर