कलैया । पेट्रोलियम पदार्थ को मुल्य र खाद्यान्न सामाग्री मा भएको मुल्य वृद्धि विरुद्ध राष्ट्रिय युवा संघ नेपाल ले कलैयामा प्रदर्शन गरेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको विरुद्ध मा मसाल जुलुस सहित कलैयामा प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ नेपाल बारा का अध्यक्ष पुरुषोत्तम साह ले बिश्वास एफ एम लाई जानकारी दिए ।
अध्यक्ष साह सरकार ले तत्काल आम नागरिक माथि ढाड भाचिने गरि गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने बताउनु भयो ।

हाल देशमा मूल्यवृद्धि भए पछी इन्धन को मुल्य प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ । इन्धन को मुल्य मात्र नभउ खाद्यान्न, खाने तेलको समेत मुल्य वृद्धि भएको छ । यो संगै मुल्य वृद्धि को असर सबैमा परेको छ । कलैया मा जाने लामोदुरि देखि छोटो दुरि को यातायातलगायत क्षेत्रमा पनि महँगी बढेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर